गृहपृष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको एटीएम सेवा सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको एटीएम सेवा सुरु

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको छ ।
बैंकले यसअघि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको समेत जनाएको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
प्रकाशित समय : १३:०२ बजे