गृहपृष्ठ बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकप्टर भेटियो, ६ जनाको मृत्यु
बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकप्टर भेटियो, ६ जनाको मृत्यु

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकप्टर भेटिएको छ । देशको बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हराइरहेको हेलिकप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मंगलबार जानकारी दिएका हुन् ।
हेलिकप्टरमा रहेका ६ जनाको मृत्युको छ । तीमध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।
मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गरे ।
प्रकाशित समय : २१:३२ बजे