गृहपृष्ठ गठबन्धनप्रति ओलीको व्यंग्य– ज्ञानेन्द्रसँग मिलेका भए लोकतान्त्रिक, वामपन्थी र देशभक्त भन्थे

गठबन्धनप्रति ओलीको व्यंग्य– ज्ञानेन्द्रसँग मिलेका भए लोकतान्त्रिक, वामपन्थी र देशभक्त भन्थे

गठबन्धनप्रति ओलीको व्यंग्य– ज्ञानेन्द्रसँग मिलेका भए लोकतान्त्रिक, वामपन्थी र देशभक्त भन्थे

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेको वामपन्थीहरु दुष्ट आशय बोकेकाहरु भएकाले उनीहरूसँग पार्टी एकता नहुने बताएका छन् । तुल्सीलाल आमत्यको २५औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै ओलीले दुष्ट आशय नबोकेकाहरूसँग मात्रै पार्टी एकता हुनसक्ने बताएका हुन् ।

समाजवादी केन्द्र बनाउन प्रयासरत पाँच नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठप्रति कटाक्ष गर्दै ओलीले एमालेलाई दुःख दिने व्यक्तिको रुपमा चित्रित गरे ।

‘गठबन्धनमा बसेर, दुष्ट उद्देश्य राखेर अनि अस्ति त पाँच भाइ भेला भएछन् । जो एमालेमा हुँदा दुःख दिने थिए नि । पाँच भाइ पार्टी फुटाउनेहरू जम्मा भएछन् । अनि के पो बनाउने भने समाजवादी केन्द्र,’ उनले भने, ‘अनि समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे । यी समाजवादी । यी जनविरोधी । यी देशद्रोही । यी एमसीसी । यी एसपीपी । यिनीहरू समाजवादी ?’

ओलीले गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर त्यसलाई परित्याग वरेर आए भने उनीहरू (माधव–प्रचण्ड)को बारेमा विचार गर्न सकिने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक भन्ने अधिकार पनि नभएको बताए । स्वाधिताविरुद्ध हिँड्ने कांग्रेसले किन आफूलाई प्रजातान्त्रिक भनेको ? भन्दै उनले प्रश्न गरे । आफूभन्दा अघि बोलेका मालेका महासचिव सीपी मैनालीलाई गठबन्धनका नक्कली कुरा र सक्कली कुराको उजागार गर्दिएकोमा धन्यवाद दिँदै उनले कम्युनिस्ट पार्टी सिध्याउने काममा कांग्रेससमेत लागेको बताए । उनले कम्युनिस्ट पार्टी सिध्याउन खोज्नेहरू आफूलाई वामपन्थी भन्ने गरेको भन्दै ज्ञानेन्द्रसँग मिलेका भए यिनीहरूले लोकतान्त्रिक, वामपन्थी र देशभक्त भनेर जोड्ने थिए भनेर टिप्पणी गरे ।

जब कांग्रेसको नेतृत्वमा सरकार बन्छ देश ओरालो लागेको र देशले दुःख पाउने गरेको इतिहासले बताएको दाबी गरे । उनले भने, ‘जब कांग्रेसको नेतृत्वमा सरकार बन्छ देश ओरालो लाग्छ । देशका जनताले दुःख पाउँछ यो इतिहासले बताएको कुरा हो । राणा प्रधानमन्त्री मोहनशमशेर हुँदा पनि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको थिएन तर, राणा सरकारबाट हटेर मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री बने । उहाँले गरेका कुकर्म इतिहासले बिर्सदैन ।’

प्रकाशित समय : २१:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु