गृहपृष्ठ बैंक अफ काठमाण्डूका ग्राहकलाई कोेरियन भाषा कक्षा शुल्कमा छुट
बैंक अफ काठमाण्डूका ग्राहकलाई कोेरियन भाषा कक्षा शुल्कमा छुट
बैंक अफ काठमाण्डूका र कोरियन भाषा सिकाई संस्था थेयाङ हान्गुल इन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंक र इन्स्टिच्युटबीच बैंकका ग्राहकलाई भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो ।
बैंकका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताले ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल इन्स्टिच्युटबाट यो छुट पाउनेछन् । नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारीअनुरुप रोजगार अनुमती प्रणालीअन्तर्गत वार्षिक ९ हजारभन्दा बढी नेपाली नागरिकहरु कोरियन भाषा उत्तीर्ण गरी कामदारका रुपमा गणतन्त्र कोरिया गइरहेका छन् ।
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : ०८:२४ बजे


















