global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीलंकामा सर्वदलीय सरकार गठनको प्रयास

श्रीलंकामा सर्वदलीय सरकार गठनको प्रयास

श्रीलंकामा सर्वदलीय सरकार गठनको प्रयास

श्रीलंका सरकारले संकटमा परेको मुलुकमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयास थालेकाे छ । प्रयासस्वरूप सरकारले बिहीबार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ ।

नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेले श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि जारी रहने र एक हप्तामा पूरा हुने अपेक्षा गरिएको बताइएकाे छ । प्रमुख प्रतिपक्षी दल सामागी जाना बालावेगया (एसजेबी) भने सरकारमा सहभागी नहुने जनाइसकेको छ ।

सांसद विमल विरावाणसाको नेतृत्वमा राष्ट्रिय स्वाधीनता मोर्चा (एनएफएफ)ले पनि हिजो राष्ट्रपतिलाई सकारात्मक संकेत पठाएको सरकारले जनाएको छ । उनले बिक्रमासिंघेलाई समर्थन गर्ने वचन दिएका थिए । मुलुकका विभिन्न विषयलाई सम्बोधन गर्न सर्वदलीय सरकारको स्थापना गर्न वीरावाणसाले थप आह्वान गरेका छन् ।

विक्रमसिंघे २० जुलाईमा भएको संसदीय मतदानमा दक्षिण एसियाली मुलुक श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसको एक दिनपछि उनले सपथ लिएका हुन् । जुलाई ९ मा प्रदर्शनकारीको भीडले उनको निवासमा आक्रमण गरेपछि ७३ वर्षीय गोटाबाया राजपाक्ष माल्दिभ्स हुँदै सिंगापुर पुगेर राजीनामा दिएपछि बिक्रमासिंघे नयाँ श्रीलंकाली राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए ।

प्रकाशित समय : ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु