गृहपृष्ठ शाओमीद्वारा नेपालमा रेडमी १०ए लन्च, मूल्य कति ?
शाओमीद्वारा नेपालमा रेडमी १०ए लन्च, मूल्य कति ?
शाओमीले नेपालमा रेडमी १०ए लन्च गरेको छ । शाओमीले उपभोक्ताहरूलाई किफायती मूल्यमा राम्रो मोबाइल प्रदान गर्न समर्पित रहेको कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले भने, ‘रेडमीले आफ्ना स्मार्टफोनहरूद्वारा लगातार सीमानाहरू, प्रवृतिहरू सेट गर्दै र उद्योगको बेन्चमार्कहरू पार गरेको छ । रेडमीमाथिको ग्राहकको विश्वासले टोलीलाई नवप्रवर्तनका सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरेको छ र रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिजमध्ये एक बनाएको छ। रेडमी १०ए को सुरुवातसँगै, हामी क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्यसम्पादन, र पावर(प्याक ब्याट्री जीवनमा सुधारका साथ एक चौतर्फी सुपरस्टार ल्याइरहेका छौं ।’
रेडमी १०ए ले भिडियोहरू हेर्नको लागि र रमाइलो सामग्रीहरू हेर्नको लागि राम्रो अनुभव प्रदान गर्न ठूलो ६.५३ इन्च एचडीप्लस डिस्प्ले प्रदान गर्दछ । ३डी कर्व्ड ब्याकले रेडमी १०ए लाई प्राकृतिक अनुभूति दिन्छ जुन अन्य एन्ट्री-लेभल स्मार्टफोनहरूसँग मिल्न सक्दैन ।
रेडमी १०ए तीन रंगहरूमा आउँछ, ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू । दुई जीबी प्लस३२ जीबी र ३ जीबी प्लस६४ जीबी दुई भण्डारण भेरियन्टहरूको क्रमशः १३ हजार ९९९ र १५ हजार ९९९ रुपैयाँ मूल्य पर्दछ ।
रेडमी १०ए जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : ०७:३८ बजे


















