गृहपृष्ठ इराकको राजधानी बगदादमा चर्काे प्रदर्शन, संसद भवन प्रवेश गरि नाचगान

इराकको राजधानी बगदादमा चर्काे प्रदर्शन, संसद भवन प्रवेश गरि नाचगान

इराकको राजधानी बगदादमा चर्काे प्रदर्शन, संसद भवन प्रवेश गरि नाचगान

इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

सामाजिक सञ्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ ।

इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानी इरानसँग धेरै निकट रहेको भन्दै सदर समर्थकहरू विरोधमा उत्रिएका हुन् ।

अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएको धर्मगुरु सदरको पार्टीले गत अक्टुबरको आम चुनावमा सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।

आफ्नो प्रतिद्वन्द्वी मोहम्मद अल सुदानीसँग सहकार्य गर्न धर्मगुरु सदर तयार नभएपछि त्यहाँ नयाँ सरकार बन्न सकेको छैन ।

प्रदर्शनकारी संसद भवनमा प्रवेश गर्ने बेला सांसदहरु भने थिएनन् । त्यहाँ प्रदर्शनकारीहरुले क्षति पुर्‍याए/नपुर्‍याएको भने खुलेको छैन ।

प्रकाशित समय : ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु