गृहपृष्ठ अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवसको अवसरमा अन्तरक्रिया

अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवसको अवसरमा अन्तरक्रिया

अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवसको अवसरमा अन्तरक्रिया

अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवस २०२२ को अवसरमा काठमाडौँमा एक गोष्ठी आयोजना गरिएको छ ।

कार्यक्रममा मुख र घाँटीको शल्यक्रिया तथा दन्त शल्यक्रियाका ५० भन्दा बढी विशेषज्ञहरुको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य विषय शल्यक्रिया पछिको पुनर्निर्माण सर्जरी मा थियो । चुरोट र रक्सीको प्रयोग गर्नेहरुमा यी क्यान्सरहरू बढी देखिन्छ ।

मुख र घाँटीका क्यान्सरका विभिन्न बिरामीहरुको उपचार कसरि राम्रो गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै विशेषज्ञहरुले आफ्नो अनुभव आदानप्रदान गरेका थिए । फ्रि-फ्ल्याप रिकन्स्ट्रक्सन र हेड एन्ड नेक ब्रेकीथेरापी प्रविधि जस्ता नयाँ प्रविधिहरू विशेषज्ञहरूद्वारा छलफल गरिएको थियो ।

जुलाई २७ लाई विश्व हेड एण्ड नेक क्यान्सर दिवसका रुपमा मनाइन्छ ।

प्रकाशित समय : १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु