गृहपृष्ठ जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बेंसीगाउँमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ४४ वर्षीय देवकुमार मोक्तानसहित ६ जना छन् । मोक्तानको घेन्टुक चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्ने पासा श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–२ घर भइ हाल भक्तपुर कौशलटार बस्ने २८ वर्षीय बुद्धिबहादुर बुढाथोकीसहित ९ जना छन् । उनीहरुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र १९ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित समय : १३:२४ बजे

















