गृहपृष्ठ सिभिल बैंकको नयाँ एक्स्टेन्सन काउन्टर इलामको फिक्कलमा

सिभिल बैंकको नयाँ एक्स्टेन्सन काउन्टर इलामको फिक्कलमा

सिभिल बैंकको नयाँ एक्स्टेन्सन काउन्टर इलामको फिक्कलमा

सिभिल बैंकले इलामको सूर्याेदय नगरपालिका-१०, फिक्कलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरिन् ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्स्टेन्सन काउन्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन् ।

एक्स्टेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, मिडियाकर्मीहरु तथा सर्वसाधारणको उपस्थिति थियो ।

सात लाखभन्दा बढी ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्स्टेन्सन काउन्टरसहित १३ एक्सटेन्सन काउन्टर स्थापित गरिसकेको छ । बैंकको हालसम्म ९९ एटीएम रहेका छन् । बैंकले गत असार मसान्तसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु