काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेरो जबले आइपीओ जारी गर्ने

9.77K
shares

मेरो जब लिमिटेड र एनआईसी एसिया क्यापिटलबीच सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार मेरो जबले निकट भविष्यमा निष्कासन गर्ने आइपीओमा एनआईसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने छ । एनआईसी एसियाले ‘आइडिया टू आइपीओ’ सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आइपीओ जारी गर्ने चरणमा पुर्‍याएको जानकारी गराएको छ ।

क्यापिटलले ‘आइडिया टू आइपीओ’ अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

मेरो जब कम्पनीको प्रकृतिका आधारमा नेपालमा साधारण सेयर निष्कासन गर्ने पहिलो कम्पनी हुने छ ।