global ime bank Long Banner Ad

गृहपृष्ठ मेरो जबले आइपीओ जारी गर्ने

मेरो जबले आइपीओ जारी गर्ने

मेरो जबले आइपीओ जारी गर्ने

मेरो जब लिमिटेड र एनआईसी एसिया क्यापिटलबीच सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार मेरो जबले निकट भविष्यमा निष्कासन गर्ने आइपीओमा एनआईसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने छ । एनआईसी एसियाले ‘आइडिया टू आइपीओ’ सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आइपीओ जारी गर्ने चरणमा पुर्‍याएको जानकारी गराएको छ ।

क्यापिटलले ‘आइडिया टू आइपीओ’ अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

मेरो जब कम्पनीको प्रकृतिका आधारमा नेपालमा साधारण सेयर निष्कासन गर्ने पहिलो कम्पनी हुने छ ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु