काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ

9.79K
shares

वीरगञ्ज महानगरपालिका–८ स्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् । उनीहरुलाई आइतबार राति पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर चोरीसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिइ प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।