global ime bank Long Banner Ad

गृहपृष्ठ गरिमा विकास बैंकको मोबाइल बैकिङ ‘गरिमा स्मार्ट’बाट ‘डिजि बटुवा’मा स्तरोन्नति

गरिमा विकास बैंकको मोबाइल बैकिङ ‘गरिमा स्मार्ट’बाट ‘डिजि बटुवा’मा स्तरोन्नति

गरिमा विकास बैंकको मोबाइल बैकिङ ‘गरिमा स्मार्ट’बाट ‘डिजि बटुवा’मा स्तरोन्नति

गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधासहित पुरानो मोबाइल बैकिङ एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ ।

योसँगै अब बैंकको मोबाइल बैकिङ एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भइ ‘डिजि बटुवा’ भएको छ । ‘डिजि बटुवा’अन्तर्गत बैंकका ग्राहक ले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरी विभिन्न सुविधाहरु प्राप्त गर्ने छन् ।

बटुवाबाट पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानी (जस्तैः बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, ट्राफिक चिट आदि), मोबाइल टपअप, बैंक इस्टेटमेन्ट, चेक इस्टेटमेन्ट रिक्वेस्ट, क्यूआर पेमेन्ट आदिको सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, स्तरोन्नति पश्चात बैंकको मोबाइल बैकिङ एप ‘डिजि बटुवा’ अझ बढी सुरक्षित एवं ग्राहकमैत्री भएको छ । यस बैंकका ग्राहकले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्न सक्ने छन् । बैंकले ग्राहकमैत्री प्रविधिहरु भित्र्याउने क्रममा पछिल्लो वर्ष पनि बिना चेकबुक शाखाबाट मोबाइल बैकिङमार्फत् पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो ।

गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु