global ime bank Long Banner Ad

गृहपृष्ठ छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु

अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र मोरङमा डुबेर चार जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मखता बस्ने २० वर्षीय विक्रम खनालको सितगंगा नगरपालिका–१२ कुन्द्रे खोलामा डुबेर शनिबार मृत्यु भएको छ ।

खोलामा पौडी खेल्ने क्रममा डुबेर विक्रम बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा अचेत अवस्थामा उनलाई फेला पारेको थियो ।

उनको सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिका–१ हात्ती बजार बस्ने ७ वर्षीया रीतु गमालको सोहीठाउँस्थित नमुना सामुदायिक वनमा रहेको पोखरीमा डुबेर शनिबार मृत्यु भएको छ ।

साथीहरूसँग खेल्दै जाने क्रममा चिप्लिएर उक्त पोखरीमा डुबेर अशक्त भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ पचगैया बस्ने १८ वर्षीया सिता यादवको घर नजिकको खेतस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

खेतमा काम सकी उक्त पानी जमेको खाल्डोमा हातखुट्टा धुने क्रममा उनको डुबेर मृत्यु भएको बताइएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथान बस्ने दिलिप सुतियारको तीन वर्षीय छोरा राहुल सुतियारको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार मृत्यु भएको छ ।

पोखरिमा डुबेर अशक्त अवस्थामा फेला परेका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु