काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु

8.82K
shares

अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र मोरङमा डुबेर चार जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मखता बस्ने २० वर्षीय विक्रम खनालको सितगंगा नगरपालिका–१२ कुन्द्रे खोलामा डुबेर शनिबार मृत्यु भएको छ ।

खोलामा पौडी खेल्ने क्रममा डुबेर विक्रम बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा अचेत अवस्थामा उनलाई फेला पारेको थियो ।

उनको सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिका–१ हात्ती बजार बस्ने ७ वर्षीया रीतु गमालको सोहीठाउँस्थित नमुना सामुदायिक वनमा रहेको पोखरीमा डुबेर शनिबार मृत्यु भएको छ ।

साथीहरूसँग खेल्दै जाने क्रममा चिप्लिएर उक्त पोखरीमा डुबेर अशक्त भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ पचगैया बस्ने १८ वर्षीया सिता यादवको घर नजिकको खेतस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

खेतमा काम सकी उक्त पानी जमेको खाल्डोमा हातखुट्टा धुने क्रममा उनको डुबेर मृत्यु भएको बताइएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथान बस्ने दिलिप सुतियारको तीन वर्षीय छोरा राहुल सुतियारको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार मृत्यु भएको छ ।

पोखरिमा डुबेर अशक्त अवस्थामा फेला परेका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।