global ime bank Long Banner Ad

गृहपृष्ठ बाना कप भलिबल : क्वाटरफाइनल समीकरण पूरा

बाना कप भलिबल : क्वाटरफाइनल समीकरण पूरा

बाना कप भलिबल : क्वाटरफाइनल समीकरण पूरा

बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना)को आयोजनामा सुरु भएको ‘बाना कप भलिबल ’ प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

बाल्टिमोरको जोसेप स्पोर्टस् कम्प्लेक्समा आजदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ टेक्सासको सुदूरपश्चिमसँगै बेलमोन्ट बाल्टिमोर, बाल्टिमोर युथ क्लब, एनआरएनए मेरिल्यान्ड, योङ ब्लड पेन्सलभेनिया, बागलुङ समाज मेरिल्यान्ड, सिन्धु बुद्ध न्युयोर्क र न्युयोर्क ह्वाइटले अन्तिम आठमा स्थान बनाए ।

१८ टिमको सहभागिता रहेको पुरुष तर्फको प्रतियोगितामा समूह ‘ए’ बाट फारवेष्ट टेक्सास विजेताका रुपमा अन्तिम चारमा स्थान बनायो भने बेलमोन्ट उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनायो ।

यस्तै, समूह ‘बी’ बाट बाल्टिमोर युथ क्लब विजेता र एनआरएनए मेरिल्याण्ड उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगे । समूह ‘बी’ बाट योङ ब्लड विजेता र बागलुङ समाज उपविजेताको रुपमा अन्तिम आठमा पुगेको छ ।

समूह ‘डी’ बाट सिन्धु बुद्ध र न्युयोर्क ह्वाइट अन्तिम आठमा पुगे । क्वाटरफाइनलमा फारवेष्ट टेक्सास र बागलुङ समाजबीच प्रतिस्पर्धा हुने छ भने बेलमोन्ट र योङ ब्लड, बाल्टिमोर युथ र न्युयोर्क ह्वाइट, एनआरएनए मेरिल्याण्ड र सिन्धु बुद्धबस्च प्रतिस्पर्धा हुने छ ।

बानाको आयोजनामा दोस्रो पटक भइरहेको प्रतियोगितामा महिला टिमलाई भने पहिलो पटक समावेश गरिएको हो । महिलातर्फ चार टिमको सहभागिता रहेको छ ।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु