गृहपृष्ठ एउटै रुखमा झुण्डिएका तीन किशोरी को-को हुन् ?

एउटै रुखमा झुण्डिएका तीन किशोरी को-को हुन् ?

एउटै रुखमा झुण्डिएका तीन किशोरी को-को हुन् ?

झापामा तीन जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला गरेको छ । झापाको कचनकवल गाउँपालिकास्थित बल्लेगाउँमा रहेको सुनकोसी चिया बगानमा रहेको बयरको रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

कचनकवल-५, पाठामारीमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया शर्मिला गणेश झुण्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष मोहमद नुर आलमले बताए । उनीहरु छुट्टाछुट्टै परिवारका हुन् ।

चिया बगानका तीनैजना मजदुर उनीहरु शनिबारदेखि बेपत्ता थिए । अन्य कामदारले आज बिहान झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता वसन्त पाठकले मृत भेटिएकाहरुको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा आत्महत्या गरेको हुनसक्ने बताएको छ । तर, यसको यकिन पुष्टि भने भइसकेको छैन ।

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु