global ime bank Long Banner Ad

गृहपृष्ठ आजबाट काठमाडौंमा कोरोनाभाइरस विरुद्धको बुस्टर मात्रा खाेप लगाइँदै

आजबाट काठमाडौंमा कोरोनाभाइरस विरुद्धको बुस्टर मात्रा खाेप लगाइँदै

आजबाट काठमाडौंमा कोरोनाभाइरस विरुद्धको बुस्टर मात्रा खाेप लगाइँदै

आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरस विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन चिकित्सकहरूकाे सुझाव छ ।

प्रकाशित समय : ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु