global ime bank Long Banner Ad

गृहपृष्ठ एनएमबि बैंकले सुरु गर्‍यो सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा

एनएमबि बैंकले सुरु गर्‍यो सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा

एनएमबि बैंकले सुरु गर्‍यो सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा

काठमाडौं — एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा संस्थागत प्रयोजनका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारीसाधन खरिद गर्न लक्षित नयाँ कर्जा सुविधा सञ्चालनमा ल्याएको छ।

बैंकले दिगो बैंकिङलाई प्राथमिकता दिँदै सुरु गरेको ‘सेकेन्ड–ह्यान्ड इभी कर्जा’ सुविधाले चारपाङ्ग्रे विद्युतीय सवारीसाधन खरिदलाई थप सहज, सुलभ र किफायती बनाउने विश्वास लिएको जनाएको छ।

बैंकका अनुसार कर्जा सुविधा व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपलब्ध हुनेछ। ग्राहकले देशभर रहेका एनएमबि बैंकका शाखा कार्यालय वा डिजिटल माध्यमबाट सहज रूपमा कर्जाका लागि आवेदन दिन सक्नेछन्।

एनएमबि बैंकले वातावरणीय दिगोपन प्रवर्द्धन गर्दै ग्राहकको आवश्यकता अनुरूप नवीन वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

हाल बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित समय : ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु