गृहपृष्ठ २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२७९ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२७९ जनालाई कारबाही
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २७९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६९, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १४५, हर्न निषेधमा ३६, लेन क्रसमा ६४, अवस्था ठिक नभएको २६, एकतर्फीमा ३४ र अन्यमा ७७० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ०९:५४ बजे


















