global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ विदेशी मदिराको अवैध कारोबार बढ्ने जोखिम रहेकाे भन्दै व्यवसायीकाे चिन्ता, एलसी खाेल्न माग

विदेशी मदिराको अवैध कारोबार बढ्ने जोखिम रहेकाे भन्दै व्यवसायीकाे चिन्ता, एलसी खाेल्न माग

विदेशी मदिराको अवैध कारोबार बढ्ने जोखिम रहेकाे भन्दै व्यवसायीकाे चिन्ता, एलसी खाेल्न माग

सरकारले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको मौका छोपेर अवैध रूपमा आयातित विदेशी मदिराको कारोबार व्यापक हुने जोखिम बढेको गुनासाे व्यवसायीले गरेका छन् ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिरालगायत १० किसिमका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । वैधानिक बाटोबाट विदेशी ब्रान्डका मदिरा भित्रिन नपाएको र आयातकर्ता व्यवसायीसँग भएको स्टक सकिँदै गएकाले अवैध रूपमा मदिरा भित्र्याउने समूह सक्रिय हुन थालिसकेको विदेशी मदिराका अधिकृत विक्रेताहरू बताउँछन् ।

प्रतिबन्धका कारण आफूहरूले आयात गर्न नपाएको अवस्थामा पनि विदेशी मदिराका नयाँ नयाँ संस्करण बजारमा देखिएको उनीहरूको भनाइ छ । त्यस्तो मदिरा हवाई यात्रुले ड्युटी फ्री र अवैध कारोबारीले खुला सिमानाबाट भित्र्याएको अनुमान व्यवसायीको छ ।

दसैं, तिहार जस्ता मदिरा बढी खपत हुने सिजन नजिकिएकाले आयातमा लगाइएको प्रतिबन्ध खारेज नगरे अवैध कारोबार चुलिने व्यवसायी बताउँछन् । अहिले नै एलसी नखोले दसैंको बेला बजारमा सामान पुर्‍याउन नसकिने व्यवसायीको भनाइ छ ।

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु