global ime bank Long Banner Ad

गृहपृष्ठ बागमती प्रदेशको लज्जास्पद हर्कत : १ लाख ११ हजारको राहत बाँड्दा २८ लाख ६८ हजार खर्च

बागमती प्रदेशको लज्जास्पद हर्कत : १ लाख ११ हजारको राहत बाँड्दा २८ लाख ६८ हजार खर्च

बागमती प्रदेशको लज्जास्पद हर्कत : १ लाख ११ हजारको राहत बाँड्दा २८ लाख ६८ हजार खर्च

बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ ।

सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल, चामल, औषधि लगायतका सामग्री बोकेर हेलिकप्टरबाट उडेका थिए ।

महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन अनुसार सो टोलीले १२ पटक नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको थियो । यसको भाडा २५ लाख ६८ हजार रुपैयाँ उठेको छ । सोही दिन एक निजी कम्पनीको हेलिकप्टर ३ पटक प्रयोग गरिएको थियो ।

यसको भाडावापत ३ लाख भुक्तानी दिइएको थियो । यसरी १ लाख ११ हजारको राहत वितरण गर्न २८ लाख ६८ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय : ०३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु