काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जुम्लामा जलविद्युतको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु

10.46K
shares

जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भासिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । जिल्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत इन्स्पेक्टर भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत छन् । उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए ।

इन्स्पेक्टर भट्टका अनुसार गए राति चौकीदार गाउँतिर गएका थिए । सोही बेला ठूलो पानी परेको र मुख्य कुलोमा घाँस दाउरा जम्मा भएर एक्कासी फोर्सले पानी आउँदा घर भासिएको हो ।

राती साढे २ बजेको घटना भए पनि स्थानीय गाउँलेले ४ बजे मात्र थाहा पाएका थिए । जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो ।

अहिले शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।