गृहपृष्ठ Tag: युक्रेन
अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख डलरको सैन्य सहायता घोषणा

बुधबार (स्थानीय समय) मा विश्व बैक र आईएमएफ द्वारा आयोजित भर्चुअल गोलटेबलमा, जेलेन्स्कीले सो आह्वान गरेका हुन् ।

राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू वासिंगटनतर्फ जाँदै गरेको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्न सक्ने विभिन्न आँकलनबीच उनले त्यसबारे पुष्टि गरेका हुन् । अमेरिका भ्रमणका क्रममा उनले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नेछन् । फेब्रुवरीमा रुसले आक्रमण गरेपछि यो...

युक्रेनका लागि आवश्यक रहेको आर्थिकलगायतको सहयोग गर्ने विषयमा छलफल भएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस साइहाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाभाकाबीचमा आवश्यक छलफल भएको हो । युक्रेन र आइएमएफका बीचमा हुनसक्ने थप र नयाँ सहयोगका क्षेत्रका...

रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागु गरेको घोषणा गरेको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्...

आफ्नो नियन्त्रणमा रहेका भूभागमा जनमत संग्रह गर्ने मस्कोको योजना, पश्चिमा देशले गरे निन्दा हाल रुसको नियन्त्रणमा रहेका युक्रेनका केही भागहरूमा तत्काल तथाकथित जनमत संग्रह गर्ने मस्कोको योजनाको पश्चिमी राष्ट्रहरूले निन्दा गरेका छन् । चार युक्रेनी क्षेत्रहरूमा रूसी समर्थित अधिकारीहरूले उनीहरू...

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अक्टोबरमा युक्रेनमा कोभिड १९ मा वृद्धि चरम अवस्थामा पुग्ने र सम्भवतः अस्पतालहरूलाई उनीहरूको क्षमताको थ्रेसहोल्डको नजिक ल्याउने जनाएको छ । ‘हामी अहिले युक्रेनमा कोभिड १९ संक्रमणका घटनामा वृद्धि देखिरहेका छौँ । अक्टोबरको सुरुमा संक्रमण शिखरमा पुग्न...

अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जनाएका छन् । रकेट प्रणालीका अत्याधुनिक हतियारहरु युक्रेनलाई दिने...

युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने जनाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले सो कुरा बताएकी हुन् । उनले युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्न निर्यात गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग गर्नेतर्फ लागेको बताइन् । यसै...

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पुगेका छन् । उनले सो कुरा ट्वीट गरेर जनाएका छन् । उनले ट्वीटमा भनेका छन्- म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । बुधबार ट्वीट गरेर उनले सो कुरा जानकारी दिएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी...