global ime bank Long Banner Ad

गृहपृष्ठ युक्रेनबाट खाद्यान्न निर्यातका लागि सहयोग

युक्रेनबाट खाद्यान्न निर्यातका लागि सहयोग

युक्रेनबाट खाद्यान्न निर्यातका लागि सहयोग

युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने जनाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले सो कुरा बताएकी हुन् । 

उनले युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्न निर्यात गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग गर्नेतर्फ लागेको बताइन् ।

यसै महिनाको सुरुवातमा युरोपियन कमिसनका अधिकारीहरुले युक्रेनले आवश्यक मात्रामा खाद्यान्न निर्यात र आयात गर्न पाउनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन विदेशी समुदायसँग आग्रह गरेको थियो ।

युक्रेनमा मानवीय सहायतास्वरुप विभिन्न देशले उपलब्ध गराएको खाद्यान्न आयात गर्न र त्यहाँ रहेका कतिपय खाद्यान्नहरु निर्यात गर्न पाउनुपर्ने गरी वातावरण मिलाउनुपर्ने माग यसअघि उठ्दै आएको थियो ।

युक्रेनमा रुसले गरेको हमलामा परी ठुलो जनधनको क्षति पुगेको छ । त्यहाँ अहिले पनि कतिपय स्थानमा रुसी सैन्य हमला जारी नै रहेको छ । यस सैन्य आक्रमणबाट यहाँका नागरिकमा खाद्यान्नलगायतका मानवीय सहायताका सामग्रीहरुको खाँचो रहेको बताइएको छ । 

प्रकाशित समय : २२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु