global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा

विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा

विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘जी’ को आज भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

विसी प्लेस भ्यानकुभर स्टेडियमा भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।

इजिप्टको जितमा मोस्तफा जिको, मोहम्मद सलाह र ट्रेजेग्वेटले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता न्युजिल्यान्डले लिएको थियो । खेलको १५औँ मिनेटमा न्युजिल्यान्डका फिन सम्र्यानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । तर न्युजिल्यान्डको एक शून्य गोलको अग्रता खेलको पहिलो हाफसम्म मात्र कायम रह्यो ।

खेलको ५८औँ मिनेटमा इजिप्टका जिकोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यस्तै खेलको ६७ औँ मिनेटमा सलाहले गोल गर्दै इजिप्टलाई २–१ गोलको अग्रता दिलाए ।

यसपछि खेलको ८२औँ मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे । यस जितसँगै इजिप्ट दुई खेलबाट चार अङ्क जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको हो । इजिप्टको नकआउट चरण प्रवेशको सम्भावना प्रबल बनेको छ । यसै समूहमा रहेका इरान र बेल्जियमको समान दुई अङ्क छ भने न्युजिल्यान्डको एक अङ्क रहेको छ ।

त्यसैगरी आजै बिहान सम्पन्न समूह ‘एच’को अर्को खेलमा नवप्रवेशी केप भर्डेले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २–२ गोलको बराबरी खेलेको थियो ।

प्रकाशित समय : १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु