nmb bank

गृहपृष्ठ बागमती प्रदेशलाई प्रविधियुक्त बनाइन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशलाई प्रविधियुक्त बनाइन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशलाई प्रविधियुक्त बनाइन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेसन गरिने अभियानमा लागिएको बताएका छन् । 

हेटौँडामा आज आयोजित ‘डिजिटल बागमती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशलाई डिजिटल बनाउने अभियानलाई समेटेको बताए ।

 ‘अबका बजेटमा पनि डिजिटल बागमतीको विषय समावेश हुन्छ, डिजिटल प्रविधिको विकासबाट समाजमा सकारात्मक परिवर्तन आउनेमा प्रदेश सरकार स्पष्ट छ, त्यसैले प्रदेशलाई प्रविधियुक्त बनाइन्छ,’ उनले भने । 

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले हेटौँडालाई प्रविधियुक्त बनाउन विद्युत् समस्या रहेको बताइन् । उनले प्रविधिको चाहना बिना परिवर्तन असम्भव रहेकाले भौतिकवादी युगमा प्रविधिसँग जोडिनुपर्ने आवश्यकता औँल्याइन् । 

प्रकाशित समय : २२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु