global ime bank Long Banner Ad

गृहपृष्ठ ‘बजेट ठिक–बेठिक छुट्याउन सक्नुपर्छ’

‘बजेट ठिक–बेठिक छुट्याउन सक्नुपर्छ’

‘बजेट ठिक–बेठिक छुट्याउन सक्नुपर्छ’

राष्ट्रियसभाको आजको बैठकमा सांसद्हरुले सरकारका कार्यक्रम तथा बजेटबारे आलोचनाका लागि आलोचना मात्र नगरी ठीकलाई ठिक र बेठिकलाई बेठिक भनेर छुट्याउन सक्नुपर्नेमा जोड दिएका छन् ।  

आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले पूर्वाग्रहको संस्कारबाट मुक्त भएर सत्यपरक ढंगबाट ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सरकारको दस्तावेजमा सिद्धान्त, नीति तथा कार्यक्रम र बजेटबीच अन्तरसम्बन्ध रहेको छ ।  यी पक्षलाई एकीकृत रुपमा तयार गरिएको छ । बजेटमा विदेशी लगानी आकर्षित गर्ने, निजी क्षेत्रलाई विकासको इञ्जिनका रुपमा परिभाषित गर्ने तथा अनुसन्धानलाई जोड दिइएको छ ।’

नेकपा (एकीकृत समाजवादी) का सांसद डा.बेदुराम भुसालले गठबन्धन सरकारको पहिलो बजेट विगतका केही वर्षका बजेटभन्दा राम्रो रहेकोे विभिन्न आधारले पुष्टि गरेको उल्लेख गरे । उनले भने, ‘बजेटमा कृषिको रुपान्तरण, सहकारी, निजी र सरकारी क्षेत्रमार्फत आर्थिक रुपान्तरण गर्ने कुरा उल्लेख छ ।’
    
नेकपा (माओवादी केन्द्र) की सांसद ग)गाकुमारी बेल्वासेले स्थिरता, उद्यमशीलता, समावेशी विकास निर्माण गर्ने नारा उपयुक्त भएको बताइन् । उनले भनिन्, ‘कृषिमा आत्मनिर्भर बनाउँदै जाने तथा सिंचाइ, मल, बीउबिजनलाई सम्बोधन गर्नु सकारात्मक हो । बजेट लघु, घरेलु र ठुला उद्योगलाई प्रोत्साहन गर्ने गरी आएको छ । बजेटमाथि आलोचनाका लागि आलोचना उपयुक्त हुँदैन ।’

नेकपा (एमाले)का सांसद् देवेन्द्र दाहालले आगामी वर्ष निर्वाचनको वर्ष र आर्थिक सङ्कटको जोखिम रहेकाले सरकारले ठुलाठुला कुरा राख्न नहुने बताए । 

उनले भने, ‘सामाजिक सुरक्षा भत्ता पाउने उमेर घटाउँदै जाँदा नागरिकमा छिट्टै बुढ्यौलीमा गइयो कि भन्ने चिन्ता उत्पन्न गर्छ ।’ सरकारले बजेटमार्फत यसपटक वृद्धभत्ता ६८ वर्षमा नै उपलब्ध गराउने जनाएको छ । 

छलफलमा सांसद्हरु प्रमिला कुमारी, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, सुमित्रा विसी, नरबहादुर विष्ट, रामचन्द्र राई, जगप्रसाद शर्मा, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, बिना पोखरेल र नारायणदत्त मिश्रलगायतले भाग लिएका लिए । 

प्रकाशित समय : २१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु