skip this prabhu bank contant

गृहपृष्ठ रूसले कब्जा गरेको युक्रेनी भूभागमा मार्शल ल लागु

रूसले कब्जा गरेको युक्रेनी भूभागमा मार्शल ल लागु

रूसले कब्जा गरेको युक्रेनी भूभागमा मार्शल ल लागु

रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागु गरेको घोषणा गरेको छ ।

मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन् । ती चार वटा क्षेत्रमा बिहीबार बिहानदेखि सैनिक शासन लागु हुने भएको छ ।

त्यसअघि रुसी पुटिनले सुरक्षा परिषदको बैठकलाई सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै ७० वर्षीय पुटिनले युक्रेन सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको र वार्ता प्रस्ताव लत्ताएको आरोप लगाए ।

पुटिनले युक्रेनले अतिवादी तरिका अप्नाएको आरोपसमेत लगाए ।

प्रकाशित समय : ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु