गृहपृष्ठ Tag: उपराष्ट्रपति निर्वाचन
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि फागुन ३० गते राति १२ बजे पश्चात् मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८...
जनता समाजवादी पार्टी (जसपा) नेपालकोतर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्नुभएका सांसद रामसहायक यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन् । सांसद यादवले...
निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामवली प्रकाशित गरेको छ । कार्यालयका अनुसार उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारले फिर्ता लिएका छैनन् । कार्यालयले दिउँसो चार बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको थियो । उक्त ससयसम्म उम्मेदवारी फिर्ता नभएपछि कार्यालयले अन्तिम नाम...
जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहायप्रसाद यादवले आफूमाथि परेको उजुरीको स्पष्टीकरण दिएका छन् । आइतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार यादवले आफूविरूद्ध परेको उजुरीको प्रष्टकरण पेश गरेका हुन् । शनिबार नेकपा एमालेले संविधानविपरीत राष्ट्रपतिमा पुरूष उम्मेदवार निर्वाचित...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका छन् । शनिबार ललितपुरमा पार्टीको महिला संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक...
उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो...
सत्ता गठबन्धनकातर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा गठबन्धनका नेताहरु संयुक्तरुपमा पुगेर उपराष्ट्रपतिमा नेता यादवको उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत,...
उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ,...
नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले शनिबार बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । शाक्यलाई सर्वसम्मत रूपले उम्मेदवार बनाउने निर्णय भएको उपमहासचिव ज्ञवालीले बताए ।...
जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । उपराष्ट्रपतिमा उम्मेदवारीलगायत अन्य समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो...












