global ime bank Long Banner Ad

गृहपृष्ठ उपराष्ट्रपति निर्वाचन : उम्मेदवार यादवले बुझाए स्पष्टीकरण

उपराष्ट्रपति निर्वाचन : उम्मेदवार यादवले बुझाए स्पष्टीकरण

उपराष्ट्रपति निर्वाचन : उम्मेदवार यादवले बुझाए स्पष्टीकरण

जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहायप्रसाद यादवले आफूमाथि परेको उजुरीको स्पष्टीकरण दिएका छन् ।

आइतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार यादवले आफूविरूद्ध परेको उजुरीको प्रष्टकरण पेश गरेका हुन् । शनिबार नेकपा एमालेले संविधानविपरीत राष्ट्रपतिमा पुरूष उम्मेदवार निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने माग गर्दै यादवको उम्मेदवारी खारेजीको माग गरेको थियो ।

सोही विषयमा जवाफ दिँदै यादवले संविधानको धारा ७०, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा १६ को ५ मा भएको व्यवस्थाअनुसार आफू राष्ट्रपति निर्वाचित व्यक्तिभन्दा फरक समुदायको मधेशी भएको बताएका छन् । उनले भनेका छन्, ‘एक पदमा समावेशी समानुपातिक भावनाविपरीत उम्मेदवारी दिएको भनी लिएको दाबी जिकिर उजुरी व्यहोरा कपोलकल्पित र समाजीक न्यायको लागि गरेको भएको संविधान र कानूनको प्रष्ट व्यवस्थालाई उपहास गरी उल्लेख भएको उजुरी व्यहोरा नेपालको संविधानको धारा ७० र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धित ऐनको दफा १६ (५)को मनसाय र भावनाविपरीत रहेकोले उजुरी दाबी खारेज गरी पाउँ भनी लिखित प्रतिवाद गरेको छु ।’

प्रकाशित समय : ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु