गृहपृष्ठ राष्ट्रियसभा आकस्मिक समय: सामाजिक सद्भाव कायम गर्न सांसदहरूको अपिल
राष्ट्रियसभा आकस्मिक समय: सामाजिक सद्भाव कायम गर्न सांसदहरूको अपिल
काठमाडौँ । राष्ट्रियसभा बैठकको आकस्मिक समयमा सांसदहरूले देशमा सामाजिक सद्भाव कायम गरी धार्मिक तथा जातीय एकतामा जोड दिन अपिल गरेको छन् ।
सांसद आनन्दप्रसाद ढुङ्गानाले सुनसरीको घटनाले धार्मिक द्वन्द्वले समाजको सद्भाव बिथोल्ने हुँदा देश एकतामा सबैले हातेमालो गर्नुपर्ने बताए । उनले सरकारले तत्काल सुनसरीको घटनाको समाधान खोज्नसमेत आग्रह गरे ।
सांसद पूजा चौधरीले देशमा हिन्दू, मस्लिम, सिख, बुद्ध, इसाईलगायत सबै धर्म आस्थाले एकबद्ध रहेको बताउनुभयो । नेपालमा सबै जात, समुदाय, धर्मको भाइचारा सम्बन्ध रहेको बताउँदै यो एकतालाई कायम राख्नुपर्नेमा जोड दिए ।
सांसद जयन्तीदेवी राईले साउन ११ गते आइतबार डिजेबाजा र धार्मिक झण्डाका विषयमा उठेको स्थानीयबीच विवादको उठान गरे । उनले दङ्गा सुरु हुनपूर्व नै सरकारले समाधानको बाटो रोज्नुपर्थ्यो भने ।
सांसद रोश्नी मेचेले सरकारले संवेदनशील भएर सुनसरीको घटनाको समाधान बेलैमा गर्नुपर्ने बताइन । “यो देश निर्माण हामी सबै जातजाति मिलेर निर्माण गरेको हो”, उनले भनिन“पीडित परिवारलाई पूर्ण न्याय र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ ।”
सांसद तुलप्रसाद विश्वकर्माले सम्पूर्ण देशवासीलाई संयमित रहन, जातिय, धार्मिक हिंसा भड्काउने कुरामा सहभागी नहुन र देशलाई शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न अपिल गर्नुभयो । सुनसरीबाट सुरु भएको साम्प्रदायिक द्वन्द्व फैलिन नदिन सरकारले बेलैमा कदम चाल्नुपर्ने सुझाव दिइन ।
प्रकाशित समय : १५:०६ बजे


















