काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

260
shares

ai logo सारांश

  • नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रूपमा काम गर्न दिनुपर्ने पर्यटनमन्त्री खडकराज पौडेलले बताए।
  • राजनीतिक हस्तक्षेपका कारण निगम धरासायी बनेको भन्दै सरकारले निर्णय प्रक्रियामा निगमलाई पूर्ण स्वतन्त्रता दिएको मन्त्री पौडेलले बताए।
  • निगमको नाफा–घाटा मात्र नभई राष्ट्रिय सम्मान र ऐतिहासिक साखसँग जोडिएकाले यसको संरक्षण राज्यको दायित्व रहेको बताइएको छ।

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम गर्न दिनुपर्ने धारणा व्यक्त गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा राजनीतिक हस्तक्षेपका कारण निगम धरासायी बन्दै गएको जानकारी दिए ।

सांसदले निगमले भोग्नुपरेका चुनौती र समाधानका पक्षमा आआफ्नो सुझाव र जिज्ञासा राखे थियो । निगमका बारेमा राखेको जिज्ञासाबारे मन्त्री पौडेलले जानकारी दिएको थियो । मन्त्री पौडेलले वर्तमान सरकारले निगमलाई पूर्ण रुपमा स्वायत्तताका साथ काम गर्न दिएको र निर्णय प्रक्रियामा पूर्ण स्वतन्त्रता दिएको प्रष्ट पारे।

“स्वायत्तता पाउँदा कर्मचारीहरुले नतिजा दिन सक्छन्”, उनले भने । निगमको नाफा घाटा मात्रै नभई राष्ट्रिय सम्मानको विषय भएकाले ऐतिहासिक साँख जोगाउनु राज्यको दायित्व रहेकोे बताए । बैठकमा समितिका सभापति सुम्नीमा उदासले छलफल पश्चात निर्देशनात्मक सुझाव दिइने र त्यसैअनुसार निगमको व्यवस्थापकले कार्य सम्पादन गर्नुपर्ने प्रष्ट पारे ।