काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

299
shares

ai logo सारांश

  • कर्णालीका नवनियुक्त मुख्य न्यायाधिवक्ता सर्वराज जोशीले पद तथा गोपनीयताको शपथ लिए।
  • मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १६० बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
  • दैलेखका जोशीले २५ वर्षदेखि कानुन व्यवसायीका रूपमा काम गर्दै आएका छन्।

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायधिवक्ता सर्वराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले मुख्यन्यायधिवक्ता जोशीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६० बमोजिम जोशीलाई मुख्यन्यायधिवक्तामा नियुक्त गरेको थियो ।

प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा नियुक्त मुख्यन्यायधिवक्ता जोशी दैलेखको नारायण नगरपालिका – १ निवासी हुनुहुन्छ । नेपाल ल क्याम्पसबाट कानुनमा विसं २०५४ मा बिएल (स्नातक) र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा विसंं २०५९ मा एमए (स्नातकोत्तर) उत्तीर्ण गरेका जोशीले २५ वर्षदेखि अनवरत कानुन व्यवसायीका रूपमा काम गर्दै आएको बताए ।