global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित स्वर्गीय श्रेष्ठको सानेपास्थित निवासमा पुगेर शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।

समवेदना व्यक्त गर्ने क्रममा राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका सङ्घर्षमा पु¥याउनुभएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पणको सराहना गरे ।

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु