गृहपृष्ठ Tag: उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानको समय बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म तोकेको छ। उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी...

उपराष्ट्रपति पदको निर्वाचन आज हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना...

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार शुक्रबार हुने उपराष्ट्रपति निर्वाचन र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रतिनिधि...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको राप्रपाले शुक्रबार हुने निर्वाचनमा पनि मत नहाल्ने निर्णय गरेको हो । निर्वाचनमा ४ जना उम्मेदवार रहेका छन् ।...

निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचारसंहिताविपरीत उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई मत दिने निर्णय गरेपछि कांग्रेसलाई आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आयोग ऐन २०७३ को दफा २२ अनुसार आचारसंहिता लागू गरिएको हो । ऐनविपरीत कांग्रेसले...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताए । बैठकले...

नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका यादवलाई मतदान गर्ने निर्णय गरेको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका...

शुक्रबार बानेश्वरस्थित संसद् भवनमा हुने उपराष्ट्रपतिको निर्वाचनलाई पारदर्शी बनाउन भन्दै मंगलबार रातिदेखि मौन अवधि सुरु हुँदैछ । यस अवधिमा प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा), जसपाबाट प्रमिला कुमारी यादव र रामसहाय प्रसाद यादव,...