global ime bank Long Banner Ad

गृहपृष्ठ गठबन्धन महिलाविरोधी छ, उपराष्ट्रपतिमा जालझेल गर्न खोज्दैछ : ओली

गठबन्धन महिलाविरोधी छ, उपराष्ट्रपतिमा जालझेल गर्न खोज्दैछ : ओली

गठबन्धन महिलाविरोधी छ, उपराष्ट्रपतिमा जालझेल गर्न खोज्दैछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका छन् ।

शनिबार ललितपुरमा पार्टीको महिला संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको टिप्पणी गरेका हुन् ।

‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट गर्नुपर्ने प्रमुखरउपप्रमुख । यो गरेका छौँ । सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने । अब राष्ट्रपतिमा समस्या आइराखेको छ । राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा दश दलीय गठबन्धन जुन छ, त्यो त महिला विरोधी छ’ उनले भने ।

संविधानले नै राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंग भनेको भन्दै उनले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने बताए ।

प्रकाशित समय : ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु