काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले तीन बिधेयक प्रस्तुत गर्ने

2.16K
shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

आजको बैठकमा आ।ब। २०८३/८४ को राजश्व र ब्ययको बार्षिक अनुमानमाथी सामान्य छलफल जारी रहने र सो माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

यसैगरी, आजको बैठकमा अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नेछन् भने ‘नेपाल राष्ट्र बैंक (तेस्रो संसोधन) बिधेयक माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।