गृहपृष्ठ तनहुँमा सवारी दुर्घटना, १२ यात्रु घाइते
तनहुँमा सवारी दुर्घटना, १२ यात्रु घाइते
तनहुँको बन्दिपुर गाउँपालिका–१ नाहालास्थित पृथ्वी राजमार्गमा यात्रुवाहक सवारी शनिबार दिउँसो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०६–००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भई सडकको बायाँतर्फ भित्तामा ठक्कर खाएर दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल, डुम्रेको मोती मेडिकल हलमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए ।
उनले भने, ‘प्राथमिक उपचारपछि थप उपचारका लागि ७ जना यात्रुलाई वीर अस्पतालको ट्रमा सेन्टर काठमाडौं, ४ जना यात्रुहरुलाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । चालक सामान्य घाइते भएका छन् ।’
प्रकाशित समय : ०७:२५ बजे


















