global ime bank Long Banner Ad

गृहपृष्ठ उपराष्ट्रपति निर्वाचन : एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

उपराष्ट्रपति निर्वाचन : एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

उपराष्ट्रपति निर्वाचन : एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट र रघुवीर महासेठ छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् ।

उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु