गृहपृष्ठ सामसुङ स्मार्ट प्लाजा धनगढीमा स्थापना
सामसुङ स्मार्ट प्लाजा धनगढीमा स्थापना
नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जालअन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले धनगढीकाे पुष्पलाल चोकमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ ।
हिम इलेक्ट्रोनिक्सका भाइस प्रेसिडेन्ट प्रभाकर शमशेर थापा र कलाधर ठाकुर (कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्स)द्वारा २६ फागुनमा सो प्लाजाको उद्घाटन गरिएको थियो । सुविधा सम्पन्न यस सामसुङ स्मार्ट प्लाजा ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध छ ।
ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्नुहुनेछ । यससँगै ग्राहकहरूले Hulas Fin Serve मार्फत सजिलै किस्ताबन्दीको सेवा पनि प्राप्त गर्न सक्नेछन् ।
साे सामसुङ स्मार्ट प्लाजाका सञ्चालक शिव शंकर ठाकुर रहेका छन् । उक्त अवसरमा प्लाजाका प्रबन्धक ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए ।
प्रकाशित समय : १३:२७ बजे

















