काठमाडौं । सरकार र लघुवित्त पीडितबीच समस्या समाधानका लागि भएको वार्ताको दोस्रो दिन अर्थ मन्त्रालयमा छलफल सुरु भएको छ ।
आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्ने र दीर्घकालीन समाधान खोज्ने उद्देश्यले दुवै पक्षबीचको संवादलाई निरन्तरता दिइएको हो ।
लघुवित्त पीडितसँग संवादका लागि सरकारले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । सोही टोली र आन्दोलनरत पक्षबीच औपचारिक वार्ता भइरहेको हो ।


















