गृहपृष्ठ पूर्वाधार

यस्तो छ आज विभिन्न सडकको अवस्था
यस्तो छ आज विभिन्न सडकको अवस्था

काठमाडौँ। नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ । प्रहरीद्वारा आज बिहान जारी बुलेटिनमा कतिपय सडकखण्डमा पहिरो र बाढीका कारण यातायात पूर्ण रूपमा रोकिएको छ भने केही मार्गमा वैकल्पिक सडक प्रयोगको व्यवस्था...

रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति

काठमाडौं । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलहरूको तत्काल पुनःस्थापनाका लागि सडक विभागले काम तीव्र बनाएको छ । बाढीबाट रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको विभागले...

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा
तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ । ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि निर्माण गरिएको उक्त बेलिब्रिज सञ्चालनमा आएसँगै फक्ताङलुङ गाउँपालिका–६ लेलेपको साँघु तथा वडा नम्बर ४ का सुङ्साबू र विपुधाप गाउँका स्थानीय खुशी भएका छन् । स्थानीय विक्रम लिम्बूका अनुसार पुल...

केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनः सञ्चालनको प्रयास जारी
केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनः सञ्चालनको प्रयास जारी

एजेन्सी । दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाहतर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास जारी राखिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । नेपालतर्फ उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि आएको विनाशकारी बाढीपहिरोका कारण...

धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम
धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम

धादिङ। यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ । ती मध्ये धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे–...

ढुङ्गेमा यातायात सञ्चालन
ढुङ्गेमा यातायात सञ्चालन

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ । भोटेकोशी बाढीले क्षति पुर्‍याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले...

पटकपटक म्याद थपिँदा पनि अधुरै खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक
पटकपटक म्याद थपिँदा पनि अधुरै खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक

लमजुङ । पटकपटक म्याद थपिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लमजुङको खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक स्तरोन्नतिको काम अझै अधुरै रहेको छ। निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासीले वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्दै आएका छन्। सुन्दरबजार नगरपालिका–२ हाँडेटारदेखि मध्यनेपाल नगरपालिका–१ निबुवाटारीसम्मको १०...

नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा
नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सञ्चालनमा आएको जनाएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा...

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ । स्थानीय विद्युत् प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छुट्टै सञ्चालन गरी रसुवाका प्रभावित क्षेत्रमा विद्युत्...

पुवाखोलामा बेलिब्रिज जडान सुरु
पुवाखोलामा बेलिब्रिज जडान सुरु

इलाम । आजबाट पुवाखोलामा बेलीब्रिज पुल जडान सुरु गरिएको छ । पुल २३० फिट लम्बाइ र १४ फिट चौडाइको छ । सङ्घीय सरकारको दुई करोड २० लाख ३४ हजार २३१ को लागतमा बेलिब्रिज जडान सुरु गरिएको हो । बेलिब्रज दुई...