काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतीय सञ्चारमाध्यमका आपत्तिजनक सामग्रीविरूद्ध सरकारले पठायो ‘प्रोटेष्ट नोट’

13.86K
shares

भारतीय मिडियाबाट प्रकाशित प्रसारित सामाग्रीप्रति आपत्ति जनाउँदै नेपाल सरकारले कूटनीतिक नोट पठाएको छ । दिल्लीस्थि दूतावासमार्फत नोट भारत सरकारलाई नोट पठाउन केही दिनअघि नै परराष्ट्र मन्त्रालयले निर्देशन दिएको बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दिल्ली दूतावासले बिहीबार नै भारतीय परराष्ट्र मन्त्रालयमा नोट बुझाएको हो । नोटमा भारतीय सञ्चारमाध्यमका आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्‍याएको उल्लेख छ ।

न्यूनतम पेशागत मर्यादा र नेपाल तथा नेपालीको अपमान गर्ने सामग्रीका कारण दुई देशबीचको परम्परागत घनिष्ट सम्बन्धलाई असर गरेको उल्लेख छ । पछिल्लो समय नक्सा प्रकरणले नेपाल भारतको सम्बन्धमा दरार आएसँगै भारतीय सञ्चार माध्यमले आपत्तिजनक सामग्री प्रकाशन प्रसारण गरिरहेका छन् ।