ग्लोबल आइएमई बैंकद्वारा प्रदेश १ लाई १० लाख रुपैयाँ प्रदान
वि.सं.२०७७ असार २९ सोमवार १७:४९
shares

ग्लोबल आइएमई बैंकले कोरोनाभाइरस (कोभिड- १९) महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको प्रदेश १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
‘कोभिड- १९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपालीसमेत यसबाट उच्च जोखिममा रहेका छन् । यस्तो अवस्थामा यस योगदानबाट महामारीविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने हामीले विश्वास लिएका छाैं,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकले जनाएको छ ।

























