काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य तोलामा २ सय रूपैयाँ बढ्यो

10.69K
shares

सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार प्रतितोलामा २ सय रुपैयाँले बढेको हो ।

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको महासंघले  जनाएको छ । आइतबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५० रुपैयाँले बढेर ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।