काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालमा प्राकृतिक प्रकोप आउनुको कारण भारतीय हस्तक्षेप : गृहमन्त्री

18.35K
shares

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय हस्तक्षेपका कारण नेपालमा प्राकृतिक प्रकोपले वितण्डा मच्चाएको बताएका छन् । यस्तै गृहमन्त्री थापाले नेपालमा प्राकृतिक कारणले नभई मानवीय कारणले बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति निम्तिएको बताए ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार बोल्दै उनले सीमामा आफ्नो मात्रै हितमा बाँध बनाउनु एक किसिमको राजनीतिक हस्तक्षेप नै रहेको बताए । ‘भारतले आफूअनुकुल हुनेगरी सीमामा बाँध बनाएको छ । जसले गर्दा नेपालमा क्षति भइरहेको छ  । बाह्य हस्तक्षेपका करण पनि नेपालमा प्रकोप बढेको हो,’ उनले भने ।

भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए । ‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन,’ उनले भने ।

सरकारले प्रकोप प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काममा सकेसम्म ध्यान दिएको गृहमन्त्री थापाको भनाइ थियो ।