global ime bank Long Banner Ad

गृहपृष्ठ ‘कोल्टो फेरे’ वामदेवले, नेकपामा नयाँ समीकरणको संकेत

‘कोल्टो फेरे’ वामदेवले, नेकपामा नयाँ समीकरणको संकेत

‘कोल्टो फेरे’ वामदेवले, नेकपामा नयाँ समीकरणको संकेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादले नयाँ मोड लिएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपीतिर लागेका छन् । योसँगै नेकपामा नयाँ समीकरणको संकेत देखिएको छ ।

ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल अवधिभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने गौतमले प्रस्ताव अघि सारेका हुन् । तत्काल महाधिवेशन गर्नेदेखि मन्त्री परिवर्तनसम्मका कुरा उनीद्वारा प्रस्तुत ६ बुँदे प्रस्तावमा समावेश छ । अर्को अध्यक्ष प्रचण्ड एकता महाधिवेशनसम्म कार्यकारी अध्यक्ष रहने गौतमको  प्रस्ताव छ ।

पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्नुपर्ने समेत उनले बताएका छन् । प्रधानमन्त्रीका कामहरुको पार्टीले हस्तक्षर नगर्ने तर, सरकारले राष्टिय तथा अन्तर्राष्ट्रिय महत्वको विषयमा निर्णय गर्नुपूर्व पार्टी सचिवालयसँग परामर्श गर्नुपर्ने गौतमको प्रस्ताव छ । उनले प्रशासन तथा सुरक्षा निकायका कर्मचारिको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यानवयन गर्नुपर्ने, पार्टी केन्द्रीय सचिवलायको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुपर्ने र संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श गर्नुपर्ने बताएका छन् । पार्टीको बैठक पार्टी कार्यालयमा गर्नुपर्ने समेत उपाध्यक्ष गाैतमको माग छ ।

उनले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको निर्देशनमा नेकपा एमाले पार्टी दर्ता भएको आरोप लगाउदै दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, पछिल्लो दिनहरुमा उनी आफ्नो भनाइबाट पछि हटेका छन् । अहिलेको विवाद समाधानका लागि आफूले सो प्रस्ताव अघि सारेको गौतमले बताएको भनाइ छ । यद्यपि उनको प्रस्तावहरू ओलीले लिँदै आएको अडानलाई समर्थन गर्ने किसिमका छन् । अहिले बालुवाटारमा भइरहेका दुवै छलफलमा सहभागी नहुने पनि बामदेवले बताएको उनीनिकट स्रोतले जनाएको छ ।

गाैतमले ओलीतिर ‘कोल्टो फेरे’सँगै ९ सदस्यीय सचिवालयमा अब प्रचण्ड-नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् । तर ओली पक्षले भने गृहमन्त्री रामबहादुर थापा पनि आफूहरूसँगै रहेको दाबी गरेका छन् । सो दाबी सत्य भएमा अब नेकपा सचिवालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पक्षमा बहुमत पुग्नेछ ।

उपाध्यक्ष गाैतमद्वारा प्रस्तुत प्रस्ताव :

प्रकाशित समय : १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु