गृहपृष्ठ देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ ।देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको राप्ती गाउँपालिकामा ट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी ६५ वर्षीया चुरिया चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीको भालुबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै ललितपुर महानगरपालिका(१३ थसिखेल चोकस्थित सडकमा आज बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भक्तपुर लोकन्थलीकी २३ वर्षीया सोनु गडालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी गडालको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
दाङबाट सल्यानतर्फ जाँदै गरेको बसले सल्यानको शारदा नगरपालिका(१ श्रीनगरस्थित सडकमा ठक्कर दिँदा पैदलयात्री छत्रेश्वरी गाउँपालिका ७ बस्ने ४६ वर्षीया उमा रेउलेको आज मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी रेउलेको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १९:२१ बजे



















