गृहपृष्ठ बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ (पैसा तथा कागजात राख्ने सुरक्षित फलामे बाकस) फोड्ने २९ जना पक्राउ परेका छन्् । बाढीसँगै बगेर त्रिशूलीमा आएको सेफ फुटाउने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
निजहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ समेत बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलैन्द्र थापाले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित समय : ११:५० बजे


















