गृहपृष्ठ भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो
भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो
नुवाकोट, १० भदौ ः
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोट र रसुवाको विभिन्न स्थानमा फसेकालाई सुरक्षाकर्मीले हेलिकोप्टर मार्फत उद्धार गरेर नेपाली सेनाको श्री नं १ सैन्य तालिम केन्द्र विदुरमा ल्याइँदै । उद्धार गरिएकालाई आवश्यकता अनुसार उपचारको समेत व्यवस्था मिलाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा निकायले हालसम्म ५६ जनाको हेलिकप्टरमार्फत सकुसल उद्दार गरि ब्यारेकमा ल्याइएको हो । तस्बिर ः किरणराज बिष्ट÷रासस
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्म ६१६ जनाको शव फेला परेको जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको जानकारी दिए । “यसपछिको तथ्याङ्क भने सङ्कलन भइरहेको छ । खोजी तथा उद्धार कार्यलाई निरन्तर रूपमा अगाडि बढाएका छौँ”, उनले भन्े ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, सरोकार भएका निकाय, स्थानीयलगायतको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएका बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको प्रहरीका प्रवक्ता काफ्लेले जानकारी दिए ।
प्रकाशित समय : ११:२९ बजे


















